भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै

भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै

२०८३, भाद्र २० शनिवार

  • 369
    SHARES

  • भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको छ ।

    अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको जानकारी दिनुभयो । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ ।

    उपचार भएकामध्ये दुई जनाको आईसियु र दुईजनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताउनुभयो । यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।

    २०८३, भाद्र २० शनिवार०८:१३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार