आज ‘जेन्जी’ सहिद दिवसः सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवसः सार्वजनिक बिदा

२०८३, भाद्र २३ मंगलवार

  • 353
    SHARES

  • आज ‘जेन्जी’ सहिद दिवसः सार्वजनिक बिदा

    काठमाडौ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

    आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    २०८३, भाद्र २३ मंगलवार०८:२०:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार