काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड तिजका अवसरमा लाखौं महिलाहरु दर्शनका लागि आराध्यदेव देवता पशुपतिनाथको दर्शन गर्न मन्दिरमा पुग्ने गर्दछन् ।
सोही तथ्यलाई मध्यनजर गर्दै तीजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।