काठमाडौं । न्याय परिषद्का कामु सचिव रामप्रसाद भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले रिक्त सचिव पदमा भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो। भट्टराईलाई सचिवमा बढुवा गरेपछि न्याय परिषद्कै सचिवमा पदस्थापन गर्नसमेत आयोगले सिफारिस गरेको छ।
यससँगै सचिवको रिक्तता समेत पूरा भएको छ ।
त्यस्तै, आयोगले सर्वोच्च अदालतका सह रजिष्ट्रारद्धय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सर्वोच्चकै रजिष्ट्रारमा सिफारिस गरेको छ ।