सन्दिप लामिछाने कोरोनामुक्त

सन्दिप लामिछाने कोरोनामुक्त

२०७७, मंसिर १७ बुधवार

  • 3.0K
    SHARES

  • सन्दिप लामिछाने कोरोनामुक्त

    मंसिर १७, काठमाडौं ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।   

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

    केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् । 

    अघिल्ला संस्करणका आइपिएलमा चामत्कारिक खेल खेलेका सन्दिपले थोरै विदेशी खेलाडी मात्र खेल्न पाउने नियम अनुसार यसपटक एक खेल पनि खेलेनन् ।     

    २०७७, मंसिर १७ बुधवार०९:१६:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार