जलवायु न्याय राष्ट्रसंघको दस्तावेजमा मात्र सीमित सुन्दर वाक्य बन्नुहुँदैन : प्रधानमन्त्री साह 

जलवायु न्याय राष्ट्रसंघको दस्तावेजमा मात्र सीमित सुन्दर वाक्य बन्नुहुँदैन : प्रधानमन्त्री साह 

२०८३, आश्विन ९ शुक्रवार

  • 293
    SHARES

  • जलवायु न्याय राष्ट्रसंघको दस्तावेजमा मात्र सीमित सुन्दर वाक्य बन्नुहुँदैन : प्रधानमन्त्री साह 

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको बताएका छन्।

    राष्ट्रसंघको महासभामा विश्वको ध्यानाकर्षण गराउँदै उनले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ भएको स्पष्ट पारे।

    ऐतिहासिक रूपमा धेरै प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने औंल्याउँदै उनले भने, ‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नुहुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ।’

    प्रधानमन्त्री बालेनले आज संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै सो कुरा जनाएका हुन् । 

    २०८३, आश्विन ९ शुक्रवार०९:०३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार