बिदाइ खेलमा गोल गर्दै मेसीले गरे अन्तरराष्ट्रिय करियर पूरा

बिदाइ खेलमा गोल गर्दै मेसीले गरे अन्तरराष्ट्रिय करियर पूरा

२०८३, आश्विन २१ बुधवार

  • 317
    SHARES

  • बिदाइ खेलमा गोल गर्दै मेसीले गरे अन्तरराष्ट्रिय करियर पूरा

    काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गर्दै अन्तरराष्ट्रिय करियर पूरा गरेका छन् । 

    बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा कप्तान मेसीले एक गोल गरे । निकोलस ओटामेन्डी र निको पाजले १-१ गोल गरे ।

    खेलको ४८औं मिनेटमा निकोलस ‌ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए । ६१औं मिनेटमा निको पाजले गोल थपे ।

    कप्तान मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ३-० को जित पक्का गरे ।

    मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

    २०८३, आश्विन २१ बुधवार०७:५८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार