ककरोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा

ककरोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा

२०८३, आश्विन २४ शनिवार

  • 389
    SHARES

  • ककरोच जनता पार्टीका अभिजीत दिपकेसहित ३ शीर्ष नेता प्रहरी हिरासतमा

    एजेन्सी । ककरोच जनता पार्टी (सीजेपी) ले अभिजीत दीपके, सौरभ दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ। सीजेपीले शनिबार आधिकारिक विज्ञप्ति जारी गर्दै दिल्लीमा विमानभित्रै उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।

    वास्तवमा, सीजेपीका तीनै जना नेता मुम्बईबाट उडेर दिल्ली विमानस्थल पुगेका थिए। त्यही क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) मा आएका थिए।

    त्यसपछि उनीहरूलाई हिरासतमा लिइएको हो। सीजेपीले दिल्ली प्रहरीको यस कदमलाई तानाशाहीपूर्ण भन्दै तीनै जना नेताहरूलाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेको छ।

    सीजेपीले भनेको छ, ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो।’

    यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।

    २०८३, आश्विन २४ शनिवार०२:२५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार