‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’: डा. चन्द्रकान्त भण्डारी

‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’: डा. चन्द्रकान्त भण्डारी

२०८३, आश्विन २६ सोमवार

  • 417
    SHARES

  • ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’: डा. चन्द्रकान्त भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।

    उहाँले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाउनुभएको हो।

    ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उहाँले भन्नुभएको छ, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’

    उहाँले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । भण्डारी ३७ सय ३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत काँग्रेस उपसभापति निर्वाचित बन्नुभएको छ ।

    २०८३, आश्विन २६ सोमवार०८:०७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार