कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला विजयी 

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला विजयी 

२०८३, आश्विन २६ सोमवार

  • 745
    SHARES

  • कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला विजयी 

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला विजयी भएका छन् ।

    खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।

    खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा। सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

    यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला ९पन्त० ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना० ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।

    उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

    २०८३, आश्विन २६ सोमवार०८:३८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार