परराष्ट्रमन्त्रीद्वारा  अमेरिकी समकक्षीलाई बधाई

परराष्ट्रमन्त्रीद्वारा  अमेरिकी समकक्षीलाई बधाई

२०७७, माघ १५ बिहिवार

  • 1.0K
    SHARES

  • परराष्ट्रमन्त्रीद्वारा  अमेरिकी समकक्षीलाई बधाई

    माघ १५, काठमाडौँ । 

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकामा  बधाई ज्ञापन गरेका छन् ।

    नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज  बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन् ।

    नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उनले सन्देशमा बहुपक्षीयतासहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताएका छन् ।

    कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनले विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिका निम्ति पनि सन्देशमा जोड दिएका छन् ।

    २०७७, माघ १५ बिहिवार०३:४९:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार