‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’

२०७७, माघ १६ शुक्रवार

  • 1.5K
    SHARES

  • ‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’

    माघ १६, कलैया । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन् । कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा विहिवार आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिए ।
     
    लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उनले नेताहरुलाई आग्रह गरे । अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

    २०७७, माघ १६ शुक्रवार०७:०९:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार