भारतद्वारा छिमेकी राष्ट्रहरुलाई ५५ लाख खोप सहयोग प्रदान गर्ने

भारतद्वारा छिमेकी राष्ट्रहरुलाई ५५ लाख खोप सहयोग प्रदान गर्ने

२०७७, माघ १६ शुक्रवार

  • 1.6K
    SHARES

  • भारतद्वारा छिमेकी राष्ट्रहरुलाई ५५ लाख खोप सहयोग प्रदान गर्ने

    माघ १६, नयाँ दिल्ली । 

    भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । 

    भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि बिहीबार जनाएको छ । 

    त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

    साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन, तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए ।  

    उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरुले चासो राखिरहेको जानकारी दिए ।  

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन् ।

    उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेबारी भने छिमेकीहरु प्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।- एजेन्सी । 

    २०७७, माघ १६ शुक्रवार०७:२९:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार