माघ १६, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी २३ गते शक्ति प्रदर्शन स्वरुप विशाल जनसभा गर्ने भएको छ । जनसभा काठमाडौंको रत्नपार्क, भृकुटी मण्डप आसपासमा हुने आयोजकले जनाएका छन् ।
झाँकी सहित मध्यान्ह ११ः०० बजे शुरुहुने जुलुस सहर परिक्रमा गर्दै सभामा परिणत हुने छ भने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
गएको ९ गते उपत्यकामा आयोजित पेशागत विशेष जिल्ला कमिटीको वृहत भेलालाई सम्बोधन गर्दै ओलीले "जनसभा भनेको कस्तो हो, हेर्न २३ गते काठमाडौं आउनु " भनेर विपक्षीलाई चुनौती दिइसकेका छन् ।
वर्तमान अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ताजा धारणा जनताका बीचमा सार्वजनिक गर्न आयोजित जनसभाका लागि केन्द्रीय सदस्य तथा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको वागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
जनसभा वागमती प्रदेश संगठन कमिटीद्वरा आयोजना हुने भएकोले बागमती प्रदेश अन्तरगतका १३ जिला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला समेत १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा व्यापक जन परिचालन गरी सभालाई सफल बनाईने जनाइएको छ ।
जनसभा सफल बनाउन युवासंघ, अनेरास्ववियु र खेलकुद महासंघले २ हजार १ सदस्यीय स्वयम सेवकको व्यवस्था गरी परिचालन गर्ने छ । यसका लागि महेश बस्नेतको नेतृत्वमा माधब ढुंगेल, रमेश सिलवाल, रमेश पौडेल, ऐन महर र ओमकृष्ण प्रसाईलाई विशेष जिम्मेवारी प्रदान गरिएको छ ।
स्वयम सेवकले जनसभालाई मर्यादित, व्यवस्थित र अनुसाशित बनाउने कार्य गर्ने छन् । उक्त दिन कोटेश्वर, कालिमाटी, थापाथली, त्रिपुरेश्वर, बालाजुचोक, नारायण गोपाल चोक, चावहिल चोक, स्वयम्भू, माईतीघर, सहिदगेट, रत्नपार्क, त्रिचन्द्र कलेज, भृकुटीमण्डप, आयोजना स्थल र जुलुस व्यवस्थापन गर्ने समेतको जिम्मेवारी स्वयंसेवकलाई दिइएको छ ।
खास गरी गएको पौष ५ गतेको परिस्थिति पश्चात नेकपाका ओली तथा दाहाल समूह एक अर्कालाई माथ दिन सडक संघर्षमा छन् । दाहाल-नेपाल समूहले "हामी यहाँ छौं " भनेर शुरु गरेको सडक संघर्ष उत्कर्षतातिर बढ्रदै गएको छ ।
जनताका पक्षमा ३ वर्ष सम्म केहि पनि विषय नउठाएको तर पद र प्रतिष्ठा नपाएको झोँकमा रुन्चे मुख लगाउँदै सडकमा आएको भनेर तिब्र आलोचना भए पछि सो समूहले कार्यक्रमको मोडालिटी परिवर्तन गर्दै सडक संघर्षमा छ ।
जनताका पक्षमा काम गर्दै गरेको सरकारलाई हठात हटाउन खोज्नेहरुलाई सवक दिनु पर्छ भन्दै ओली समूहले पनि जनताको माया आफुतिर रहेको देखाउन पनि उक्त सभा आयोजना गरेको बुझिएको छ ।
केहि दिन अघि ९० वर्षीय शिक्षाविद भद्र कुमारी घलेले 'आवश्यकता भएका जनताले फेरि पनि ओलीलाई दुईतिहाई दिएर देश चलाउन दिनुपर्ने' कुरामा आफ्ना मत राखेकी थिइन् ।
"हाम्रो भेट अहिले सम्म भएको छैन तर नेता त ओली जस्तो हुनु पर्छ, दश जना लाउकेहरुलाई सोधेर देश चल्छ ? समृद्ध नेपाल बनाउने भोक भएका ओलीले पद र प्रतिष्ठाका लोभी एवम् भ्रष्टाचारी नेतालाई झ्यालखानामा हाल्छन्, उनीसँग अझै एउटा हतियार बाँकी छ" भन्दै लामो अन्तरवार्ता दिएकी थिइन् ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर सडक संघर्षमा आएको दाहाल-नेपाल समूहका जनसभामा उल्लेख्य जनताको सहभागिताले कहिले सम्ममा कुन समूहले आधिकारीकता प्राप्त गर्छ, तत्पश्चात मात्र राजनीतिले कोर्स निर्धारण गर्ने विश्लेषकको ठम्याईछ ।
एकताका समयका दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र मध्ये नेकपा (एमाले) मात्र विभाजित भएको तर माओवादी केन्द्र आंशिक मात्र विभाजित भएको मान्नेहरुको मत पनि ठूलो छ ।
दाहाल-नेपाल समूहमा नेताहरुको ठूलो समूह रहेका कारण महासचिव नै चयन गर्न गार्हो भइरहेको हुँदा पार्टीले ठोस आकारै लिन नपाई फेरि दाहाल समूह र नेपाल समूहमा चोइटिएर सानो झुण्ड पार्टी मात्र हुने होकी भन्ने चिन्ता कार्यकर्तामा बढेर गएको बुझिएको छ ।
केहि पदलोलुप र स्वार्थी नेताले कित्ताकाट गरे पनि विशाल कार्यकर्ता पंक्ति र जनताको साथ आफु सँग रहेको भन्दै ओली समूह उत्साहित रहेको युवा नेता रमेश पौडलले बताएका छन् ।