विघटन संविधानमाथि गम्भीर प्रश्न

विघटन संविधानमाथि गम्भीर प्रश्न

२०७७, माघ १६ शुक्रवार

  • 1.9K
    SHARES

  • विघटन संविधानमाथि गम्भीर प्रश्न

    माघ १५, काठमाडौंँ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् ।

    जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । 

    पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे ।

    उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे ।

    देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो । बैठकमा नेताहरु ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राखे ।

    आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

    २०७७, माघ १६ शुक्रवार०६:११:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार