जापानमा झण्डै सय उडान रद्ध

जापानमा झण्डै सय उडान रद्ध

२०७७, माघ १७ शनिवार

  • 1.7K
    SHARES

  • जापानमा झण्डै सय उडान रद्ध

    माघ १७, टोकियो ।

    जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् ।

    अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो । 

    जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ । 

    धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो । -एजेन्सी ।

    २०७७, माघ १७ शनिवार०६:३२:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार