संसद् अधिवेशनको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

संसद् अधिवेशनको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

२०७७, माघ १७ शनिवार

  • 1.7K
    SHARES

  • संसद् अधिवेशनको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

    माघ १७, सिन्ह्वा ।

    म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । 

    उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो । 

    सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत शनिबार कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

    अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, स्वयमसेवीलगायतलाई भने बुधबारदेखि नै खोप लगाउन थालिएको थियो । 

    म्यानमारले देशभरी सबै अत्यावश्यकपर्ने र उच्च जोखिममा रहेकालाई लगाएपछि आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

    म्यानमारको प्रतिनिधिसभा बैठक आगामी सोमबार बस्ने तय भएको अधिकारीले जनाएका छन् ।- एजेन्सी ।  

    २०७७, माघ १७ शनिवार०६:५६:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार