माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

२०७७, माघ १७ शनिवार

  • 2.0K
    SHARES

  • माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

    माघ १७, माले । 

    कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ ।

    माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । 

    स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । 

    खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागिमात्रै स्विकृति दिइएको एमएफडीएले जनाएको छ ।

    त्यसैगरी १८ बर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

    कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।

    माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ । -एजेन्सी । 

    २०७७, माघ १७ शनिवार०६:५९:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार