राष्ट्रिय वाणिज्य बैंकको दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकको दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

२०७७, माघ १७ शनिवार

  • 2.6K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकको दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

    माघ १७, काठमाडौं । 

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७७-७८ को दोश्रो त्रैमासिक सम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ ।

    बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व.को सोहि अवधिमा बैंकले खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया गरेको थियो ।

    यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ । 

    २०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ । 

    २०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ ।

    आ.व.२०७७-७८ को दोश्रो त्रैमासिक सम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

    बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पुरयाउनु हुने सम्पूर्ण निक्षेपकर्ता, ऋणी, नेपाल सरकार, शेयरधनीहरु, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकले हार्दिक धन्यवाद प्रकट गरेको छ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएको छ । 

    उपरोक्त वित्तीय विवरण बैंकको website: www.rbb.com.np मा समेत राखिएको छ ।

    २०७७, माघ १७ शनिवार०८:५४:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार