माघ १७, काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरज काफ्ले (रामकुमार) चयन भएका छन् ।
आज आयोजित विस्तारित बैठकमा अनेरास्ववियुका केन्द्रीय नेता तथा निवर्तमान अध्यक्ष तुलसीराम मैनालीले ७५ सदस्यीय कमिटिको घोषणा गरेका हुन् ।
त्यसै गरि उपाध्यक्षमा राधिका दाहाल, सचिवमा ललित सुव्वा, सहसचिवमा मिनु पोखरेल र कोषाध्यक्ष मनोज दहाल रहेका छन् ।
दुई वर्षे कार्यकालका लागि चयन भएको आफु नेतृत्वको कमिटिले विना पार्टी काम ५ वर्ष गुजार्नु परेकोमा मैनालीले दुखेसो व्यक्त गरेका थिए ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच २०७४ असोज १४ गते सात बुँदे सहमति भएकोमा १७ गते नै छ बुँदा मात्र कार्यान्वयन हुने अवस्था बन्नु नै नेकपाको इतिहासमा कालो दिन शुरु भएको नेता इन्द्र भण्डारीको भनाई थियो ।
यदि सातौं बुँदा कार्यान्वयन भई सूर्य चिन्हमै माओवादी केन्द्रले पनि चुनाव लडेको भए आजको अवस्था देख्नु पर्दैनथ्योकी नेता भण्डारीको दावी थियो ।
यसका बाबजुद २०७५ जेष्ठ ३ गते पार्टी एकिकरण गरि विविध समस्या हटेर जाने विश्वास गरिए पनि सो हुन नसकेको तर संगठन अस्तव्यस्त रहँदा सरकारले गरेका जनमुखी कामलाई तल्लो तह सम्म पुर्याउन नसकिएको भण्डारीले बताए ।
देशैभरि संगठन विस्तारका काम तिब्र गतिमा रहेकाले अब जनतासँग पार्टीका कार्यकर्ता पुग्दा जनता खुशी हुने अवस्था बन्ने पनि उनको भनाई थियो ।
बैठकले माघ २३ गतेको भव्य जनसभाको कार्यक्रमलाई सफल बनाउन १०१ सदस्यीय जनपरिचालन उपसमिति समेत निर्माण गरेको छ ।
विस्तारित बैठकमा सम्पर्क मञ्चका पुर्व अध्यक्षहरु ओम उप्रेती, केशव गजुरेल, लोक बहादुर भण्डारी, कपिल देव ओली, नेताहरु लक्ष्मी ओली, तारा कुमार श्रेष्ठ, अम्बिका खनाल, लक्ष्मण पाठक, डम्बर गिरी, कवि पाठक लगाएतको उपस्थिति रहेको थियो ।