लिवियाली ५० हजार परिवारलाई खाद्यान्न सहयोगको प्रतिवद्धता

लिवियाली ५० हजार परिवारलाई खाद्यान्न सहयोगको प्रतिवद्धता

२०७७, माघ १८ आइतवार

  • 1.1K
    SHARES

  • लिवियाली ५० हजार परिवारलाई खाद्यान्न सहयोगको प्रतिवद्धता

    माघ १८, बेरूत ।

    लेबनानका कार्यवाहक प्रधानमन्त्री हसन दिआबले शनिबार हालको कठिन परिस्थितिमा गरिबी र सहयोगको याचना गरिरहेका करिब ५० हजार लिवियाली परिवारका लागि खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् । 

    लिवियाको उत्तरी शहर त्रिपोली वरपर बसोबास गर्ने ५० हजार परिवारलाई सुरक्षित खाद्यान्न सहयोग पुर्याउने प्रतिवद्धता दियबले कुरा राष्ट्रिय समाचार एजेन्सीले जनाएको हो ।

    “हामी समस्यामा रहेका लिवियालीलाई सुरक्षित खाद्यान्नसँगै छिट्टै अन्य प्रकारको समर्थन सुरक्षित गर्न को लागी पर्नेछौँं,” राष्ट्रपति दिआबले भने ।  

    महामारी नियन्त्रणका लागि अपनाइएका नियन्त्रणका उपायका कारण आफूहरूको श्रम गरी खाने अधिकारसमेत प्रभावित भएको र सरकारले गरिबीमा रहेका जनतालाई सङ्कटका बेला समेत नहेरेको भन्दै यस हप्ता त्रिपोलीमा लगातार चार दिनसम्म हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा सयौं मानिस घाइते भएका छन् भने सयौँलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ ।

    प्रदर्शनकारीहरू सहरको सडकमा उत्रिएर कोभिड– १९ नियन्त्रणका लागि सरकारले चालेको कदमले हजारौँ नागरिक भोकमरीमा परेको भन्दै सरकार विरुद्ध आन्दोलित भएका छन् ।- एजेन्सी । 

    २०७७, माघ १८ आइतवार०८:३१:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार