प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

२०७७, माघ २० मंगलवार

  • 2.0K
    SHARES

  • प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

    माघ २०, इनरुवा ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् ।

    सुनसरीको इटहरीमा सोमवार प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।  

    कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरे ।

    सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए । 

    २०७७, माघ २० मंगलवार०७:२८:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार