माघ २०, काठमाडौं ।
नेपाल सरकारले भुमि व्यवस्था सम्बन्धी समस्या समाधान आयोगको झापा अध्यक्षमा प्रेम गिरीलाई नियुक्त गरेको छ ।
मन्त्री परिषदको निर्यानुसार गिरी सहित विज्ञ सदस्यमा राधा कृष्ण खनाल र सदस्यमा मदन अधिकारी नियुक्त भएका छन् । आयोगका अन्य सदस्यहरुमा वन, नापी र मालपोतका प्रमुखहरु रहनेछन् भने सदस्य सचिवमा जिल्ला समन्वय समितिका प्रमुख रहने प्रावधान छ ।
नवनियुक्त अध्यक्ष गिरी आफै पनि भुमिहिन किसान हुन् । ५० औं वर्ष देखि ऐलानी जग्गामा वसोवास गर्दै आएका भुमिहिन किसानलाई नै सरकारले आयोगको अध्यक्ष बनाएकामा ऐलानी तथा भुमिहिन झापाली किसानले खुशी व्यक्त गरेका छन् ।
यस भन्दा अगाडीका सरकारले जनतालाई झुक्याउने मात्र काम गरेकोमा अब भने भुमिहिन जनता भएर बस्नु पर्ने पिडा अन्त्य होला भन्ने आशा पलाएको कन्काई नगरपालिकाका ऐलानी जग्गा धनी किसान दिपक भट्टराईले बताए ।
सँगैको सँधियारी छिमेकीले मल, बीउ, धारा, सहुलिएत ऋण एवं प्राविधिक सहायता पाउँदा आफुलाई सँधै दोस्रो दर्जाको नागरिक महशुस भएको पिडा बयानै गर्न नसकिने उनको भनाई थियो ।