फाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

फाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

२०७७, माघ २१ बुधवार

  • 2.1K
    SHARES

  • फाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

    माघ २१, न्युयोर्क । 

    फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।

    कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ ।

    कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।” 

    फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।

    फाईजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।- एजेन्सी ।  

    २०७७, माघ २१ बुधवार०७:१६:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार