दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

२०७७, माघ २१ बुधवार

  • 1.4K
    SHARES

  • दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

    माघ २१, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ ।

    उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गरेका हुन् ।  

    दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी उनीहरुबाट आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

    २०७७, माघ २१ बुधवार०७:२९:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार