किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित

किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित

२०७७, माघ २२ बिहिवार

  • 1.6K
    SHARES

  • किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित

    माघ २२, विश्केक ।

    किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ । 

    किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

    संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

    संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे । 

    संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ । त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो ।

    केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ ।

    नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए । एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो । 

    त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख थिए । यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उनी किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो ।

    झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उनले राजीनामा दिएका हुन् ।- एजेन्सी । 

    २०७७, माघ २२ बिहिवार०७:०६:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार