पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

२०७७, मंसिर १८ बिहिवार

  • 1.7K
    SHARES

  • पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

    मंसिर १८, इस्लामावाद ।

    पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।

    बिहीबार मात्र यहाँका अधिकारीहरुले दिएको जानकारीमा यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६५४ जना पुगेको छ ।

    अधिकारीहरुले यहाँ कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ ।  े

    यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घन्टामा मात्र पाकिस्तानमा तीन हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् ।

    पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् ।

    यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६१६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।-एजेन्सी ।

    २०७७, मंसिर १८ बिहिवार०७:४८:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार