स्पेनमा विदेशबाट आउनेहरुको सङ्ख्या ७७ प्रतिशत कम

स्पेनमा विदेशबाट आउनेहरुको सङ्ख्या ७७ प्रतिशत कम

२०७७, माघ २२ बिहिवार

  • 1.4K
    SHARES

  • स्पेनमा विदेशबाट आउनेहरुको सङ्ख्या ७७ प्रतिशत कम

    माघ २२, मड्रिड । 

    विदेशबाट आउनेहरुको सङ्ख्या स्पेनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्त्यन्त धेरै कम भएको छ । 

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० मा विदेशबाट आउनेहरुको सङ्ख्यामा ७७.३ प्रतिशत कम भएको हो । 

    कोरोनाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको सङ्ख्यामा भारी कटौती भएको उनीहरुले बुधबार स्पष्ट पारेका छन् ।

    स्पेनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्याङ्क सार्वजनिक गरेको छ । जबकी अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए ।

    सो सङ्ख्या विश्वकै दोस्रो धेरै पर्यटकहरुको सङ्ख्या हो । त्योभन्दा बढी विदेशी पर्यटक त्यस वर्ष फ्रान्स घुम्न गएका थिए । -एजेन्सी ।  

    २०७७, माघ २२ बिहिवार०७:११:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार