सामाखुशीमा ट्याक्सीमा आगजनी

सामाखुशीमा ट्याक्सीमा आगजनी

२०७७, माघ २२ बिहिवार

  • 3.7K
    SHARES

  • सामाखुशीमा ट्याक्सीमा आगजनी

    माघ २२, काठमाडौं ।  

    सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ । 

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको जानकारी दिए ।

    ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका युवाले ट्याक्सीलाई लखेट्दै गएर आगजनी गरेको स्थानियको भनाई छ । 

    सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए । 

    २०७७, माघ २२ बिहिवार०८:४१:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार