कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

२०७७, माघ २२ बिहिवार

  • 3.7K
    SHARES

  • कोरोना भाइरसको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

    माघ २२, साओ पाउलो ।

    ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ ।
     
    गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।

    विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

    अमेरिकामा कोरोना सङ्क्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । -एजेन्सी ।  

    २०७७, माघ २२ बिहिवार०४:१४:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार