संघिय सरकार विरुद्ध प्रदेश २ पुग्यो सर्वोच्च 

संघिय सरकार विरुद्ध प्रदेश २ पुग्यो सर्वोच्च 

२०७७, मंसिर १८ बिहिवार

  • 4.4K
    SHARES

  • संघिय सरकार विरुद्ध प्रदेश २ पुग्यो सर्वोच्च 

    मंसिर १८, काठमाडौं ।

    सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

    प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनालले आज दायर गरेको रिट निवेदनमा उक्त प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रममा केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख छ ।

    जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ ।
     
    विभागको बोलपत्र आह्वानसम्बन्धी सो सूचनाले नेपालको संविधानको संवैधानिक व्यवस्था, सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश सरकारको अधिकारलाई सङ्कुचित गरेकाले रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।

    उक्त निवेदनको यही मङ्सिर २६ गते संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको छ ।

    २०७७, मंसिर १८ बिहिवार०७:५८:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार