माघ २२, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राता टोपी लगाएका युवा दस्तालाई सडकमा उतारेको छ ।
अकस्मात राता टोपी लगाएका हजारौं युवाहरु सडकमा उत्रिए पछि सर्वसाधारणले ताली बजाएर स्वागत गरेका थिए ।
बन्दका विरुद्ध खुल्ला भन्दै मार्चपास पश्चात भोलि हुने कार्यक्रमको तयारीका लागि स्वयंसेवक युवा सडकमा उत्रिएको राष्ट्रिय युवासंघ नेपालका सह-संयोजक रमेश पौडेलले बताएका छन् ।
नेकपा केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत सडकमा आउँदा सर्वसाधारण ढुक्क महशुस गर्ने इतिहास भएका कारण पनि सर्वसाधारणले खुशी व्यक्त गरेको चटपटे व्यवसायी संकर ढकालले बताए ।
नेकपाको भोलि हुने बृहत आमसभाका लागि २००० जना स्वयं सेवक युवा तयारी अवस्थामा रहेको पनि नेता पौडेलले बताए ।
गएको माघ ९ गतेको पेशाकर्मीको जिल्ला भेलामा प्रधानमन्त्री ओलीले "आमसभा भनेको कस्तो हुन्छ ? -हेर्न २३ गते आउनु " भने सँगै जिल्लाका अधिकांश जनप्रतिनिधि एवं सर्वसाधारण समेत काठमाडौं जाने मनसायमा रहेको हाम्रा सिन्धुपलाञ्चोक, रामेछाप, मकवानपुर जिल्ला सहकर्मीले बताएका छन् ।
नेकपा ओली पक्षको यस कार्यक्रमलाई निकै चासोपुर्वक हेरिएको सर्वसाधारणले बताएका छन् । ५ वर्षे स्थायी सरकारले किन संसद विघटन गर्नु पर्यो ? यसको चित्तबुझ्दो जवाफ ओलीले दिने समेत उनीहरुको बुझाई छ ।