इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित

इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित

२०७७, माघ २३ शुक्रवार

  • 1.9K
    SHARES

  • इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित

    माघ २३, जेरुसेलम ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । 

    कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

    “युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गर्नुपर्यो,” नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

    देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।

    उनको भ्रमणको बेलामा कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उनलाई भ्रमणका लागि प्रस्थान गर्न कठिनाई भएको हो ।

    उनले गत बुधबार अर्को हप्ता आफु युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको बताए । -एजेन्सी । 

    २०७७, माघ २३ शुक्रवार०७:११:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार