थाहाका युवाद्वारा बन्दविरुद्ध प्रदर्शन

थाहाका युवाद्वारा बन्दविरुद्ध प्रदर्शन

२०७७, माघ २३ शुक्रवार

  • 2.7K
    SHARES

  • थाहाका युवाद्वारा बन्दविरुद्ध प्रदर्शन

    माघ २३, टिस्टुङ ।

    नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहद्वारा आह्वान गरिएको आमहड्तालको विरुद्ध मकवानपुरको थाहा नगरपालिकाका युवाले प्रदर्शन गरेका छन् ।

    स्वतन्त्र युवा सञ्जालका सदस्यले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका हुन् । र्यालीमा उनीहरुले ‘बन्द गर्न पाइँदैन, बन्द प्रथा खारेज गर, बन्द सदाको लागि बन्द गरौँ’ जस्ता नारा लगाएका थिए ।  

    ‘प्ले कार्ड’सहित निस्केको र्याली थाहा नगरपालिकाको शिखरकोट, थानाबजार, ओखरबजार, डाँडागाउँ, घर्तीखोला, फाँटबजार हुँदै खाल्डे बजारसम्म पुगेको थियो । यसअघि बन्दकर्ताले शिखरकोट र थानाबजारमा बन्द गराउँदै हिँडेका थिए ।

    बन्द आह्वानका कारण शिखरकोट बजार खुलेको थिएन भने थानाबजारमा आंशिक प्रभाव परेको थियो । त्यसैगरी थाहा नगरका भित्री बजार खुलेका थिए ।

    २०७७, माघ २३ शुक्रवार०७:१७:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार