महिला आयोगले स्थानीय तहसम्म सम्पर्क सञ्जाल बनाउने

महिला आयोगले स्थानीय तहसम्म सम्पर्क सञ्जाल बनाउने

२०७७, माघ २३ शुक्रवार

  • 2.5K
    SHARES

  • महिला आयोगले स्थानीय तहसम्म सम्पर्क सञ्जाल बनाउने

    माघ २३, काठमाडौँ ।

    राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसम्म सम्पर्क सञ्जाल बनाउने भएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगतरुपमा पहल गर्दै स्थानीय तहसँगको समन्वय बढाइने बताइन् ।

    पदबहालीको भोलिपल्ट हिजो भद्रकालीस्थित आयोगको कार्यालयमा उनले कुरा गर्दै केन्द्रमा रहेका सेवालाई गाउँगाउँसम्म कसरी लैजाने भन्ने विषयमा आफ्नो पहिलो प्राथमिकता हुने र एक महिनाभित्र अनुभूत हुने तथा परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  

    “महिलामाथि हुने नयाँनयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने छ ।”

    उनले भनिन्, “स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ ।” आयोगमा अध्यक्ष पराजुली र सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले बिहीबार सपथ ग्रहणपछि पदबहाली गरे ।  

    महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि विसं २०५८ मा आयोगको स्थापना भएको थियो । लामो समयसम्म रिक्त संवैधानिक आयोगमा बिहीबार नियुक्ति भएको थियो । 

    २०७७, माघ २३ शुक्रवार०७:३१:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार