जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

२०७७, माघ २४ शनिवार

  • 1.7K
    SHARES

  • जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

    माघ २४, बर्लिन । 

    जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ ।

    इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

    उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ ।

    जर्मनीमा महामारी सुरूभएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।

    विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

    अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।- एजेन्सी । 

    २०७७, माघ २४ शनिवार०७:५४:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार