आङ साङ सुकीलाई नजरबन्दमा राखिएको जानकारी 

आङ साङ सुकीलाई नजरबन्दमा राखिएको जानकारी 

२०७७, माघ २४ शनिवार

  • 1.6K
    SHARES

  • आङ साङ सुकीलाई नजरबन्दमा राखिएको जानकारी 

    माघ २४, याङ्गुन । 

    म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

    गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो । 

    उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।”

    मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने ।- एजेन्सी । 

    २०७७, माघ २४ शनिवार०८:०४:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार