कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी

कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी

२०७७, माघ २५ आइतवार

  • 1.3K
    SHARES

  • कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी

    माघ २५, काठमाडौँ । 

    नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनी आवद्ध टिम आबुधाबी विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ । 

    युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो ।

    एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो ।

    कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गरे ।  

    यसअघिका दुई खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल आज पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए ।

    उनलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काएका थिए । युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, सोमपाल कामी र करण केसीले खेलिरहेका छन् ।  

    २०७७, माघ २५ आइतवार०७:३८:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार