म्यानमारमा सैनिक ‘कू’ को विरोधमा आम नागरिक सडकमा, इन्टरनेट सेवा बन्द

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा आम नागरिक सडकमा, इन्टरनेट सेवा बन्द

२०७७, माघ २५ आइतवार

  • 2.1K
    SHARES

  • म्यानमारमा सैनिक ‘कू’ को विरोधमा आम नागरिक सडकमा, इन्टरनेट सेवा बन्द

    माघ २५, याङ्गुन । 

    म्यान्मारको सेनाले सोमवार गरेको ‘कू’को विरोधमा शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् ।

    आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।

    निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ ।

    देशको मुख्य सहर याङ्गुनमा ठूलो सङ्ख्यामा उपस्थित नागरिकहरूले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजीसमेत गरेका छन् ।

    म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।  

    प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो भने फेसबुकलाई एक दिन पहिलेदेखि नै बन्द गरिएको थियो ।

    “हामीसैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ ।” ¥यालीका एक महिला सहभागीले बताए ।

    म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको एक प्रदर्शनकारीले बताए ।- एजेन्सी । 

    २०७७, माघ २५ आइतवार०७:५९:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार