चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान

चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान

२०७७, माघ २५ आइतवार

  • 1.5K
    SHARES

  • चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान

    माघ २५, बेइजिङ ।

    चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ ।

    चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ । 

    यो खोप कोरोनाभाइरसको जोखिमको उच्च जोखिममा मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ ।

    शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपतकालीन अवस्थामा यसलाई सर्बसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ । 

    “ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतीजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,” सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ ।

    चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो । 

    “ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।”
     
    परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मुलिकरणमा खोप प्रभावकारी भेटिएको दावी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् ।- एजेन्सी ।  

    २०७७, माघ २५ आइतवार०८:०१:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार