कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाहीको माग

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाहीको माग

२०७७, माघ २५ आइतवार

  • 1.4K
    SHARES

  • कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाहीको माग

    माघ २५, काठमाडौँ ।

    नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

    विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छन् ।

    विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागका सदस्य राधिका सिंहलाई खटाएको छ ।
     
    यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनको जङ्गलमा बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरि स्तब्ध बनाएको जनाउँदै विभागले भट्टको परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेको छ  । 

    २०७७, माघ २५ आइतवार०५:३८:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार