पेशागत महासङ्घमा थापा

पेशागत महासङ्घमा थापा

२०७७, माघ २५ आइतवार

  • 1.2K
    SHARES

  • पेशागत महासङ्घमा थापा

    माघ २५, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासङ्घ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ ।

    महासङ्घका संयोजक विश्वनाथ प्याकु-याललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस्तार गरी २७५ बनाएको छ । 

    विभिन्न २३ घटक संस्था र ६२ जिल्ला कमिटी रहेको महासङ्घका काठमाडौँ उपत्यका प्रदेशसहित आठ प्रदेशका नेतृत्व पनि हेरफेर भएकाले अब आफूहरु गतिशीलताका साथ अघि बढ्ने संयोजक थापाले जानकारी दिए । भेलाको शनिबार नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

    २०७७, माघ २५ आइतवार०५:४६:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार