प्रमबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

प्रमबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

२०७७, माघ २६ सोमवार

  • 2.1K
    SHARES

  • प्रमबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

    माघ २६, काठमाडौँ । 

    रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आइतवार अवलोकन गरेका छन् ।  

    राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।

    राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । 

    मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ ।

    केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन् ।

    २०७७, माघ २६ सोमवार०७:२१:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार