साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२०७७, माघ २६ सोमवार

  • 1.8K
    SHARES

  • साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

    माघ २६, काठमाडौं ।

    प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । गएराती सम्पन्न भएको खेलमा इल्के गुन्डागोनको दुई गोल मद्दतमा सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो ।

    सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात पारेका हुन् । साविक विजेताको हैसियतमा इंग्लिस शीर्ष डिभिजनको लिगमा अर्को सिजन लगातार तीन खेल हार्ने लिभरपुल ६५ वर्षपछि पहिलो टिम बनेको छ ।

    गुन्डागोनले ३७औं मिनेटमा पेनाल्टी गुमाउँदा सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमायो । तर दोस्रो हाफमा भने गुन्डागोनले शानदार प्रदर्शन गरे ।

    ४९औं मिनेटमा गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । तर ७३औं मिनेटमा गुन्डागोनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले २-१ को अग्रता बनायो ।

    लय मिलाउँदै गएको सिटीले ७६औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट ३-१ को अग्रता लियो । ८३औं मिनेटमा फिल फोडेनले सिटीका लागि चौथो गोल गरे ।

    जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि ५ अंकको अग्रता समेत बनाएको छ । युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ । सिटीको २२ खेलबाट ५० अंक छ । २३ खेल खेलेको युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । 

    २०७७, माघ २६ सोमवार०७:५९:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार