रुसमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

रुसमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

२०७७, माघ २७ मंगलवार

  • 969
    SHARES

  • रुसमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

    माघ २७, मस्को ।

    रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । 

    गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् । 

    उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  

    एक दिनमा कूल सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमितको सङ्ख्या भने एक हजार ७२८ रहेको पनि अधिकारीहरूले जनाएका छन् । 

    यसअघि मस्कोमा मात्रै एक दिनमा दुई हजार २८ जना सङ्क्रमित भएका छन् । यस तथ्याङ्कअनुसार मस्कोमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । 

    त्यसैगरी पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनभने त्योभन्दा केही धेरै ४३२ जनाको मृत्यु भएको थियो । 

    कोरोनाका कारण रुसमा अहिलेसम्म कूल ७७ हजार ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । - एजेन्सी

    २०७७, माघ २७ मंगलवार०८:१५:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार