नेकपा प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी

नेकपा प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी

२०७७, माघ २७ मंगलवार

  • 1.6K
    SHARES

  • नेकपा प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी

    माघ २७, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यही माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ ।

    सो समूहको केन्द्रीय संघर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार भोलि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

    पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा सङ्घ–प्रदेशका सांसदले गर्नेछन् ।

    त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् । 

    माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।  

    केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् ।

    जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्यले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । 

    २०७७, माघ २७ मंगलवार०८:३७:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार