जुलुस शुरु

जुलुस शुरु

२०७७, माघ २८ बुधवार

  • 1.1K
    SHARES

  • जुलुस शुरु

    माघ २८, काठमाडौँ । 

    प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गर्दैछ ।

    यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । 

    दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो । विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

    विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ । 

    सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ ।

    प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा  दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो । 

    २०७७, माघ २८ बुधवार०२:१४:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार