मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

२०७७, माघ २८ बुधवार

  • 2.5K
    SHARES

  • मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

    माघ २८, वाग्मती ।

    मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी  स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार  निर्माण शुरु भएको छ ।

    पहिलो चरणमा  खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ ।  पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ ।  

    गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले जानकरी दिए ।

    मैदान निर्माणका लागि वाग्मती प्रदेश  सरकारले रु ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएका छन् ।  मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने जनाइएको छ ।    

    २०७७, माघ २८ बुधवार०४:१९:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार