शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

२०७७, माघ २८ बुधवार

  • 2.1K
    SHARES

  • शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

    माघ २८, अबुजा ।

    अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । 

    प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए । 

    प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका  छन् ।

    हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् । -एजेन्सी

    २०७७, माघ २८ बुधवार०४:३४:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार