कोरोनाबाट सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले कमी

कोरोनाबाट सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले कमी

२०७७, माघ २९ बिहिवार

  • 1.2K
    SHARES

  • कोरोनाबाट सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले कमी

    माघ २९, जेनेभा ।

    कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो ।

    पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण   सीएनएनले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ ।

    झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ ।  

    अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । 

    त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो । - एजेन्सी । 

    २०७७, माघ २९ बिहिवार०७:११:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार